Online Bichar
मंगलबार, आश्विन ०१, २०८१ | Tuesday, September 17, 2024

टोपी दिवसः ’नेपालीको शान, मान र पहिचान’

काठमाडौं – नेपाली टोपी र संस्कृतिको प्रबद्र्धन र प्रसार गर्ने उद्धेश्यले आउँदै गरेको अंग्रेजी नयाँ वर्षलाई, नयाँ बर्ष भन्दा पनि अन्तराष्ट्रिय नेपाली टोपी दिवसका रुपमा मनाइने भएको छ ।

नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न को रुपमा लिइन्छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संस्थापक द्वय डा. लेखनाथ काफ्ले र शंकर बन्जाडे लेअन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवसको प्रबर्धन गर्दै आइ रहेका छन् ।

अगिल्ला वर्षहरुमा विश्वव्यापीरुपमा भएको व्यापक जनसहभागिता र संचार माध्यमहरुबाट पाएको सहयोग यसपटक पनि प्राप्त हुनेमा संस्थापकहरुले विस्वास लिएका छन् ।

संस्थापक काफ्ले भन्छन्, ‘नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मूख्य हुन् । त्यसबाहेक विभिन्न जात– जातिको आफ्नै टोपी पनि छन् । अन्तरराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति –जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आआफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने उनले बताए ।

प्रसार प्रचारका लागि १ जनवरीका दिन आ – आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाऔं, फोटो खिचौं अनि नेपाली टोपी दिवसको फेसबुकमा अपलोड गर्न समेत संस्थापकहरुले सबैमा आब्हान गरेका छन् ।

आ–आफ्नो फेसबुक र ट्वीटर जस्ता सामाजिक संजालमा आफ्नो वाल र प्रोफाइल फोटोहरुका रुपमा प्रयोग गरेर अघि बढे नेपाली पन झल्कने बताएका छन् ।
१ जनवरी २०१८ का दिन पाँचौ अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ सफल बनाउन टोपी दिवस का लागि संस्थापक द्वय डा. काफ्ले र बन्जाडेले जोड गरे ।

Flag of Nepal.
Creation: (c)2007 T. Demand, Wallpaper: 2011 T. Demand, Wpic
This wallpaper is free to be used as a desktop wallpaper on your computer. Any other usage, publication, distribution is not allowed.

तपाईको प्रतिक्रिया