अभि पुरी
नाफा घाटाको व्यापार बुुझ्छौँ भन्नेहरू ।
पीर नगर सदाबहार बुझ्छौँ भन्नेहरू ।।
मुखै खोल्दा पनि किन मौन बसेका छन् ।
आँ गरे नि अलङ्कार बुझ्छौँ भन्नेहरू ।।
महल भित्रैबाट हेर बेखवर बनिदिए ।
झुपडीका पनि बिचार बुझ्छौँ भन्नेहरू ।।
आज एक विवाहिताको सुहाग लुटदैछन् ।
हिजो बिधुवाको पनि श्रृङ्गार बुझ्छौँ भन्नेहरू ।।
नाफा घाटाको व्यापार बुुझ्छौँ भन्नेहरू ।
पीर नगर सदाबहार बुझ्छौँ भन्नेहरू ।।