झापा, १ चैत २०८१ । होली खेल्ने क्रममा अवाञ्छित गतिविधि गर्ने ७ जनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । झापा जिल्लाका विभिन्न स्थानमा अवाञ्छित गतिविधि गर्ने ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तै, जथाभावी सवारीसाधन चलाउने ३७२ वटा मोटरसाइकल, ४० वटा तीन पाङ्ग्रे र १५ वटा चार पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको जनाइएको छ । नियन्त्रणमा लिएका सवारी साधनलाई ट्राफिक जरिवाना गर्नुका साथै कारवाही गरेर छोडिने प्रहरीले जनाएको छ ।