Online Bichar
शनिबार, चैत्र ०१, २०८१ | Saturday, March 15, 2025

काठमाडौं, २७ फागुन २०८१ । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरूले कांग्रेस पार्टी कार्यालयमा धर्ना दिएका हुन्।

सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ। यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उद्देश्यले महासंघले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिन सुरु गरेका हुन्।

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत फागुन २७ देखि चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ। त्यस्तै चैत ७ गतेदेखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन गर्ने महासंघको भनाइ छ।

 

तपाईको प्रतिक्रिया