Online Bichar
शुक्रबार, फाल्गुण ०९, २०८१ | Friday, February 21, 2025

झापा, १७ माघ २०८१ । पशुलाई जस्तो आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड–९ का एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

१५ वर्षीया छोरी स्वस्तिका विष्टलाई निर्घात कुटपिट गर्ने बिर्तामोड-९ का अन्दाजी ४५ वर्षका प्रकाश भनिने निरकुमार विष्टलाई हिजो प्रहरीले पक्राउ गरेको हो । साथीसंग घुम्न हिडेकी भन्दै विष्टले छोरीलाई कोठामा थुनेर पिलासले टाउको फुटाइदिएका छन् भने भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका छन् । आफू घरबाहिर भएका बेला श्रीमानले छोरीलाई निर्घात कुटपिट गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको विष्टकी श्रीमती रेनुका विष्टले बताइन् ।

यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको एक छिमेकीले बताए । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । विष्टलाई हिजै पक्राउ गरी राखिएपनि आजसम्म जाहेरी नपरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

 

तपाईको प्रतिक्रिया