भद्रपुर, १७ माघ २०८१ । झापाका वरिष्ठ तथा अग्रज पत्रकार नकुल काजी सम्मानित भएका छन् । साहित्यकार समेत रहेका काजीलाई भद्रपुर जेसीजले उत्कृष्ट नागरिकको रुपमा पद हस्तान्तरण समारोहमा सम्मान गरेका हुन् ।
भद्रपुर-८ घर भएका काजीलाई दोसल्ला ओढाएर नगद ११ हजारसहित सम्मान पत्र प्रदान गरेका थिए । उनलाई कोसी प्रदेशका भौतिक पूर्वाधार मन्त्री एकराज कार्कीले सम्मान पत्र प्रदान गरेको जनाइएको छ ।