काठमाडौं, १३ माघ २०८१ । सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । भोलि ९सोमबार० साँझ ५ बजे बैठक बस्नेगरी समय तय भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्ने उनको सचिवालयले जनाएको छ ।
बैठकमा आगामी १८ गतेबाट बस्ने संसद् बैठकको तयारी, समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ ।
अन्य एजेन्डाबारे जानकारी गराइएको छैन ।
सोमबारका लागि प्रधानमन्त्री ओलीका दुईवटा कार्यक्रम तय भएका छन् । सचिवालयका अनुसार दिउँसो १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिकाको भवन उद्घाटनमा सरिक भएर प्रधानमन्त्री ओली गठबन्धनको बैठकमा सहभागी हुनेछन् ।