Online Bichar
सोमबार, माघ १४, २०८१ | Monday, January 27, 2025

धनगढी, १३ माघ २०८१ । धनगढीमा कैँची प्रहार गरी दाइले भाइको हत्या गरेका छन्। शनिबार राति साढे १२ बजे घरायसी विवादका कारण धनगढी-१७ मा प्रकाश बोहराले दाजु लालबहादुर बोहराको घाँटीमा कैँची प्रहार गरेका थिए।

कैँची प्रहारबाट घाइते भएका लालको धनगढीको निसर्ग अस्पतालमा राति साढे दुई बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दर्शन खड्काले जानकारी दिए। घटनापछि प्रहरीले प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया