Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

काठमाडौं, ११ माघ २०८१ । देशका केही स्थानमा दुई दिनयता शीतलहरको अवस्था छ । मधेस प्रदेशको पूर्वी क्षेत्र (सप्तरी) र कोसी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार महाशाखाले विशेष बुलेटिन जारी गर्दै अबका दुई दिनसम्म केही स्थानमा शीतलहरको पूर्वानुमान गरेको छ । “मधेस प्रदेशको पूर्वी भूभाग तथा कोसी प्रदेशको तराई भूभागमा मिति २०८१/१०/१३ सम्म शीतलहरको अवस्था नै रहने सम्भावना देखिएको छ,” विशेष बुलेटिनमा उल्लेख छ ।

यो अवधिमा मधेसको पश्चिमी भूभाग र बाँकी प्रदेशका तराईका क्षेत्रमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने र मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना छ ।

“शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरूको दैनिक जीवनमा असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।

तपाईको प्रतिक्रिया