काठमाडौं, ११ माघ २०८१ । नेपालकै पहिलो अत्याधुनिक प्रयोगशाला नेसनल प्याथ ल्याबले १२औं शाखा ललितपुर लगनखेलमा विस्तार गरेको छ ।
नेसनल प्याथ ल्याबले शुक्रबार उक्त शाखा उद्घाटन र सेवा सुरुवात गरेको हो । प्याथ ल्याब बुटवल र एनपीएल काठमाडौं प्रयोगशाला एनएबीएल (आईएसओ १५१८९ः२०१२) बाट प्रमाणीकरण भएको छ ।
ल्याबले नेपालको पहिलो आणविक तथा आनुवंशिक डायग्नोस्टिक प्रयोगशाला सेवा साथै ल्याबमा सबैखाले परीक्षण सम्भव हुने गरी अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधिक व्यवस्थापन गरिएको छ ।
शाखा उद्घाटन नेपाल मेडिकल काउन्सिल अध्यक्ष डा। चोपलाल भुसालले गरे । उनले नेसनल ल्याबका माध्यमबाट नागरिक तहमा रोजगारी समेत उत्पादन भएको उल्लेख गर्दै सरकारको सहयोग आवश्यक रहेको बताए ।
भुसालले नमुना परीक्षण तथा कर्मचारीका हिसाबले नेसनल प्याथ ल्याब नेपालकै ठूलो ल्याब भएको समेत उनको दाबी छ ।
संस्था अध्यक्ष रुद्रबहादुर कार्कीले नेसनल प्याथ ल्याबले सेवा विस्तार गरेसँगै अब प्रयोगशाला सम्बन्धी धेरै परीक्षणका लागि नमुना नेपाल बाहिर पठाउनुपर्ने बाध्यता कम भएको बताए । ‘हाम्रो लक्ष्य भनेको नेपालभरि नै व्यवस्थित ल्याब विस्तार गर्ने हो ।
त्यही लक्ष्य अनुसार शाखा विस्तार गर्दै गइरहेका छौं,’ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले भने ।