काठमाडौँ, १० माघ २०८१ । नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा २७ अर्बको खाद्यान्न आयात भएको छ । साउनदेखि पुससम्ममा २७ अर्ब ४८ करोड ४३ लाख २८ हजार रुपैयाँको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ ।
सो समयावधिमा १ करोड ३६ लाख ५८ हजार रुपैयाँको खाद्यान्न निर्यात पनि भएको छ । खाद्यान्नमा नेपालले २७ अर्ब ४७ करोड ०६ लाख ७० हजार रुपैयाँकै व्यापार घाटा बेहोरेको विभागको तथ्यांक छ ।
सो अवधिमा सरकारले खाद्यान्न आयात गर्दा २ अर्ब ४४ करोड ३० लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट धान, चामल, गहुँ, मकै आयात गर्दे आएको छ ।