Online Bichar
बुधबार, माघ ०९, २०८१ | Wednesday, January 22, 2025

९ माघ २०८१ । संखुवासभा भोटखोला–२ च्याम्ताङस्थित निर्माणाधिन सांग्रिला छुजुम हाइड्रोपावरमा काम गर्ने स्काभेटर प्राविधिकको खाना खाएपछि मृत्यु भएको छ ।

उदयपुर घर भई हाल निर्माणाधिन सांग्रिला छुजुम हाइड्रोपावरको स्काभेटर प्राबिधिकको रुपमा काम गर्ने कामदार ३४ वर्षीय मोहनबहादुर मगरले गएराति १० बजे सोही ठाउँमा रहेको हिमाली होटलमा खाना खाएका थिए ।

खाना खाई सुतेकोमा एक्कासि छाती दुख्यो भनेपछि उनलाई स्थानीय स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेकोमा राति १२ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी चेपुवाबाट खटि गई घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभाबाट टोली खटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै आज बिहान संखुवासभाको मकालु ५ मा विभस कन्स्ट्रक्सनले बाटो बनाउने क्रममा सोही कन्स्ट्रक्सनमा काम गर्ने पाँचखपन ३ बस्ने ५६ वर्षीय सुखबहादुर लिम्बूले सिमेन्ट घोल्ने मिक्सर मेशिनमा ग्रिज लगाउने क्रममा मेशिनभित्र दाहिने हात पसेर घाइते भएका छन् ।

उनलाई उपचारको लागि स्थानीय जेपी स्वास्थ्य उपचार केन्द्रमा लगेर सामान्य उपचारपश्चात् थप उपचारको लागि नुमतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया