महोत्तरी, ८ माघ २०८१ । महोत्तरीको सोनमा गाउँपालिका वडा नं. २ मा अर्धनग्न अवस्थामा एक युवकको शव फेला परेको छ । शवको अवस्था हेर्दा हत्या गरिएको हुन सक्ने आशङ्का रहेको स्थानीयवासीहरुले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले सोनमा गाउँपालिका वडा नं. २ मा फेला परेको शव स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवको २९ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र यादव रहेको रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलले हत्याको आशङ्का गरिएको बताउनुहुदै थप अनुसन्धानका लागि घटनास्थलमा डग टोलीसमेत ल्याएको जानकारी दिनुभयो । उहाँले आफू घटनास्थलमै रहेको जानकारी दिनुहुँदै घाँटी थिचिएको र शव अर्धनग्न अवस्थामा भेटिएकोले हत्याको आशङ्का गरिएको बताउनुभयो ।
उहाँले अनुसन्धान भइरहेकाले थप जानकारी पोष्टमार्टम रिपोर्ट र अनुसन्धानपछि भन्न सकिने बताउनुभयो ।