Online Bichar
सोमबार, माघ ०७, २०८१ | Monday, January 20, 2025

विराटनगर, ७ माघ २०८१ । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री उद्वव थापालाई सरकारले हलुका सवारीसाधन दिन गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको छ । थापा सत्तासीन दल कांग्रेस संसदीय दलका नेता पनि हुन् ।

थापालाई हलुका सवारीसाधन, चालक र इन्धन सुविधा उपलब्ध गराउने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले सोमबार अन्तरिम आदेश दिएको छ ।

अदालतका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको इजलासले रिटको सुनुवाइ गर्दै सुविधा नदिन आदेश दिएको हो ।

सरकारको निर्णयविरुद्धअधिवक्ताद्वय कर्णबहादुर राई र प्रेमकुमार घिमिरेले गत पुस २१ गते रिट दायर गरेका थिए । पुस २२ गते न्यायाधीय राज्यलक्ष्मी बज्राचार्यको इजलासले रिटको सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।

प्रमुख सत्तारुढ दलको संसदीय दलको नेतालाई सुविधा दिएको भन्दै रिट दायर भएको थियो ।

 

तपाईको प्रतिक्रिया