Online Bichar
सोमबार, माघ ०७, २०८१ | Monday, January 20, 2025

झापा, ६ माघ २०८१ । १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-६ थुम्वेदिन बस्ने ५२ वर्षीय कुमार राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कुमारले ती किशोरीलाई हल्दिबारी गाउँपालिका-४ स्थित मेची पोल्ट्री फर्मको कोठाभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया