नैरोबी, ६ माघ २०८१ । नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।
उत्तरी नाइजेरियामा शनिबार यो घटना घटेको हो । नाइजर राज्यमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिँदा इन्धन पोखिएर विस्फोट भएको राष्ट्रिय आकस्मिक एजेन्सीले भनेको छ । अक्टोबरमा जिगावा राज्यमा यस्तै खालको घटनामा १४७ जनाको मृत्यु भएको थियो ।
खबरका अनुसार घटनास्थलबाट ७० भन्दा बढीको शव भेटिएको छ । अरू ५६ जना घाइते भएको बताइएको छ ।
विस्फोटमा परेर १५ वटा पसल पनि ध्वस्त भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले एउटा विज्ञप्तिमा भनेको छ । घाइतेहरूको उपचार भइरहेको बताइएको छ ।