Online Bichar
सोमबार, माघ ०७, २०८१ | Monday, January 20, 2025

झापा, ६ माघ २०८१ । लागूपदार्थ सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने चालकहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

सार्वजनिक बसमा लागूऔषध सेवन गरेर सवारी चलाउनेमाथि निगरानी गर्दै प्रहरीले कडाइ गर्न थालेपछि पक्राउ पर्नेहरुको क्रम बढेको हो । यसक्रममा धरान–८ तीनकुनेमा गरिएको चेकजाँचका क्रममा १२ जना पक्राउ परेका छन् । किटमार्फत् गरिएको परीक्षणमा चालक र सहचालक गरेर १२ जनामा लापसे पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

पक्राउ पर्नेहरु निम्न छन् ।
(१) को१ख ५५४६ नम्बर गाडीको सहचालक धरान–८ बस्ने ३२ वर्षीय निखिल परियार ।
(२) को१ख ७९२३ नम्बर गाडीको सहचालक सोही स्थानका ३२ वर्षीय राजन राई ।
(३) प्र.१–०१–००२ ख ०१९९ नम्बर गाडीको चालक धरान–१७ बस्ने ३९ वर्षीय राजकुमार श्रेष्ठ ।
(४) मे१ख ३५७७ नम्बर गाडीको सहचालक सोही स्थानका ३२ वर्षीय राजेश दाहाल ।
(५) प्र.१–०२–००२ ख ६९९ नम्बर गाडीको चालक धरान–१३ बस्ने २५ वर्षीय जीवन मगर ।
(६) ना१ज १३५५ नम्बर गाडीमा सवार धरान–१५ बस्ने २४ वर्षीय आशिष मगर ।
(७) ना१ज १३५५ नम्बर गाडीमा सवार सोही स्थानका २० वर्षीया सरिता लिम्बू ।
(८) प्र.१–०१–००१ ख ४२०४ नम्बरको गाडीको सहचालक झापा भद्रपुर नगरपालिका ३ बस्ने २१ वर्षीय अनिलकुमार राजवंशी ।
(९) मे१ख २५५३ नम्बर गाडीको सहचालक मेचीनगर नगरपालिका १० बस्ने ४५ वर्षीय गणेश ठकुरी ।
(१०) मे १ ख २७९१ नम्बर गाडीको सहचालक मेचीनगर–७ बस्ने ३२ वर्षीय सुशिल श्रेष्ठ ।
(११) मे १ ख ४०६८ नम्बर गाडीको चालक मेचीनगर–१० बस्ने ४६ वर्षीय दुर्गा तामाङ ।
(१२) ना१ज १३५५ नम्बर गाडीको सहचालक सप्तरी राजविराज न.पा. १ बस्ने ३० वर्षीय बरमदेव यादव ।

यसअघि गत पुष १८ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको टोलीले सवारी चेकजाँच गर्दा लागूऔषध सेवन गरी सवारी साधन चलाउने १४ जना चालक र सहचालक पक्राउ परेका थिए ।

त्यसअघि गत पुष १२ गते झापाको कमल गाउँपालिकाको केर्खामा लागूपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउँदा १४ जना पक्राउ परेका थिए । काँकडभिट्टाबाट धरान तथा बिराटनगर चल्ने सार्वजनिक सवारी साधन अधिकांश चालकहरुले लागूपदार्थ सेवन गरेर चलाउने गरेका छनन् ।

 

तपाईको प्रतिक्रिया