Online Bichar
बुधबार, माघ ०९, २०८१ | Wednesday, January 22, 2025

काठमाडौँ, ३ माघ २०८१ । नेकपा बहुमतको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा गरिएको राजनीतिक भागबण्डा खारेज गर्न माग गरेको छ ।

त्रिवि अन्तर्गत २४ वटा क्याम्पस प्रमुखहरूमा नेपाली काङ्ग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्र, रास्वपा लगायतका दलहरू निकटस्थहरूलाई भागबन्डाका आधारमा नियुक्त गरिएको भन्दै खारेज गर्न माग गरेको हो । अध्यक्ष वीरेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै भागबण्डाका आधारमा गरिएका नियुक्तिहरू बदर गर्न माग गरेका हुन ।

मेरिटोक्रेसीको रटान गर्ने उपकुलपति, रेक्टर र रजिस्ट्रारले अन्ततः आफ्नै पार्टी निकटका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकहरुलाई क्याम्पस प्रमुख छानेको उनको आरोप छ । यसअघि पनि ८ डीन, ३ निर्देशक र ६ सहपरीक्षा नियन्त्रक पनि भागबण्डाका आधारमा नियुक्ति गरिएको अखिल क्रान्तिकारीको आरोप छ । भागबन्डाका आधारमा गरिएको नियुक्तिप्रति घोर भर्त्सना र निन्दा व्यक्त गर्दै ती नियुक्तिहरू बदर गर्न माग गरेको हो ।

संगठनले पटकपटक सचेत गराउँदा गराउँदै अटेर गरेर राजनीतिक भागबण्डा गरेर पदीय लुट नमच्चाउन चेतावनी दिए । विश्वविद्यालयका उपकुलपति लगायत विश्वविद्यालय प्रशासनलाई ुकुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गैु भन्ने उखान चरितार्थ नगर्ने पनि आग्रह गरे ।

विश्वविद्यालयमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको ठाडो निर्देशनमा राजनीतिक हस्तक्षेप भइरहेको अखिल क्रान्तिकारीको आरोप छ ।

तत्काल राजनीतिक भागबन्डाका आधारमा गरिएका सम्पूर्ण नियुक्ति बदर गरी मेरिटको आधारमा नियुक्ति प्रक्रियामा अगाडी बढाउनका साथै शैक्षिक क्षेत्रलाई प्राज्ञिक मर्यादा भित्र सञ्चालन गर्न अनुरोध गरे ।

 

तपाईको प्रतिक्रिया