Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

झापा, १ माघ २०८१ । भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा मदन अधिकारी नियुक्त भएका छन् । गौरादह-५ निवासी अधिकारी नेकपा एमालेको कोशी प्रदेश लेखा कमिटी अध्यक्ष, अखिल नेपाल किसान महासंघ कोशी प्रदेश सचिव हुन् ।

सरकारले झापासहित ५६ जिल्लामा भूमि आयोग गठन गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सातै प्रदेशका ती जिल्लाहरुमा अध्यक्ष नियुक्त गर्दै आयोग गठन गरेका हुन् । यसरी राजनीतिक नियुक्त भएकामध्ये कोशी प्रदेशका १०, मधेशका ६, बाग्मतीका ८, गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ जिल्ला रहेका छन् । बाँकी २१ जिल्लाका अध्यक्षहरु भने नियुक्त हुन बाँकी छ ।

सत्तारुढ दलहरुबीच कांग्रेसले ३५, एमालेले ३५ ,जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष सिफारिस गर्नेगरी सहमति भएको थियो ।

 

तपाईको प्रतिक्रिया