Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

काठ्माडौं, २९ पुष २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पनि न्यायिक हिरासतमै पठाउने आदेश भएको छ । आज थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई प्रहरीसँगै न्यायिक हिरासतमै पठाउने आदेश गरेको हो ।

यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन्। भोलि सरकारी बिदा भएका कारण अब बुधबार मात्रै थुनछेक बहस हुने भएको हो । बुधबार लामिछानेको तर्फबाट बहस भएपछि मात्र उक्त मुद्दामा थुनछेक आदेश हुने छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । बयान नसकिएपछि आइतबार पनि उनलाई हिरासत पठाउने आदेश भएको थियो ।

 

तपाईको प्रतिक्रिया