Online Bichar
मंगलबार, पौष २३, २०८१ | Tuesday, January 7, 2025

काठमाडौँ, २१ पुष २०८१ । पाहुना टोली भारतलाई पाँचौँ टेस्टमा पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ। आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा आयोजना हुने डब्लुटिसी फाइनलका लागि छनोट भएको हो।

फाइनल पुग्ने अस्ट्रेलिया दोस्रो टोली बनेको छ। यसअघि दक्षिण अफ्रिकाले फाइनलमा पुगिसकेको छ। १ सय ६२ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा गर्यो। अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले सर्वाधिक ४१ रन जोडे। बेयु वेबस्टर र ट्राभिस हेड नट आउट रहे। बेयुले ३९ तथा हेडले ३४ रन जोडे । साम कन्स्टास २२ तथा स्टिभ स्मिथ ४ रनमा आउट भए।

भारतले पहिलो इनिङ १ सय ८५ र दोस्रो इनिङमा १ सय ५७ रन बनाएको‌ थियो। अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ८१ रन बनाएको थियो। अस्ट्रेलियाले यो जितसँगै बोर्डर गावास्कर ट्रफी ३–१ ले आफ्नो पक्षमा पार्दै डब्लुटिसीको फाइनल पुगेको हो।

हारपछि भारत डब्लुटिसीको फाइनल दौडबाट बाहिरिएको छ। पहिलो टेस्टमा भारत २ सय ९५ रनले विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेको थियो। तेस्रो टेस्ट बराबरीमा सकिदा चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो।

 

तपाईको प्रतिक्रिया