काठमाडौं, २० पुष २०८१ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । शनिबार दिउँसो २ बजे बस्नेगरी तय भएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित गरिएको प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
‘अध्यक्षको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित भएको छ,’ उनले भने । उनका अनुसार अर्को बैठक भोलि ९आइतबार० बिहान ८ बजे बस्नेगरी तय भएको छ ।
यसअघि बिहीबार र शुक्रबार स्थायी समिति बैठक बसेको थियो । बैठकमा आगामी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल भइरहेको नेताहरूले बताएका छन् । माओवादीको केन्द्रीय समिति बैठक भोलिदेखि बस्दैछ ।