Online Bichar
आइतबार, पौष २१, २०८१ | Sunday, January 5, 2025

काठमाडौं, १८ पुष २०८१ । विद्यालय तहका विद्यार्थीलाई खुला प्रश्न पनि सोध्ने तयारी गरिएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार खुला प्रश्न राख्ने विषयमा छलफल भइरहेको छ । यसका लागि पाठ्यक्रम र मूल्याङ्कन मापदण्ड बनाउने तयारी केन्द्रले गरेको छ ।

‘तीन घण्टाको परीक्षा मात्र पूर्ण होइन । विद्यार्थीलाई खुला प्रश्न सोध्ने विषयमा गृहकार्य गरिरहेका छौँ,’ उनले भने, ‘विद्यार्थीलाई किताबी ज्ञान मात्र होइन अतिरिक्त क्षमताको विकास गर्न खोजिएको हो । खुला प्रश्नमा एउटै उत्तर दिनुपर्छ भन्ने छैन । विद्यार्थीले आफूलाई लागेको तर्क राख्न सक्छन् ।’ श्रेष्ठले विद्यार्थीमा आलोचनात्मक चेतको विकास गर्न खोजिएको बताए ।

शिक्षाविद् डा। विद्यानाथ कोइरालाले विद्यार्थीलाई खुला प्रश्न सोध्न विषय उठाउँदै आएका छन् । विशेषतः कोरोना महामारीका बेला उनले यो विषय उठाएका थिए । ‘त्यसबेला धेरैले सम्भव छ र भनेर प्रश्न गरेका थिए । अहिले आएर लागू गर्ने तयारी भएछ, राम्रो कुरा हो,’ कोइरालाले भने ।

धादिङका केही विद्यालयमा खुला प्रश्न सोधिने गरेको र प्रभावकारी भएकोसमेत कोइरालालले बताए ।

तर प्रश्न कस्तो बनाउने भन्नेमा चुनौति देख्छन् उनी । ‘एउटा बच्चाले घरमा भैंसी दोयो भने त्यसबाट के कुरा बुझ्यो त रु विज्ञानको के कुरा सिक्यो, गणितको के थाहा पायो, अर्थशास्त्रको के बुझ्यो त्यो खोज्ने गरी प्रश्न सोधिनुपर्छ,’ उनले भने । अभिभावकलाई पनि बुझाउनु पर्ने उनको तर्क छ । ‘विद्यार्थीले घोक्ने खालको होइन, सोध्ने, खोज्ने खालको प्रश्न बनाउनुपर्छ,’ उनले भने ।

 

तपाईको प्रतिक्रिया