Online Bichar
शनिबार, पौष २०, २०८१ | Saturday, January 4, 2025

झापा, १६ पुष २०८१ । झापाको शिवसताक्षी नगरपालिकाकी एक १७ वर्षीया किशोरीको उद्दार गरेर घर फर्काइएको छ । शिवसताक्षी–२ की किशोरीलाई कामको प्रलोभन देखाएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोशी–८ भण्टाबारीको सीमा नाकाबाट उद्दार गरिएको हो ।

उनलाई भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरी सुनसरी प्रहरीले शंका लागेर सोधपुछ गरेका थिए । उनलाई लाने भारत बिहार राज्यको सुपौल जिल्लाको वीरपुरका २८ वर्षीया नयनकुमार यादव र उदयपुर ठोक्सिला–९ बस्ने २४ वर्षीय उज्ज्वल खड्कालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरीले युवतीको उद्दार र बेचबिखन गर्न लाँदै गरेका यादव र खड्कालाई नेपाल प्रहरीको जिम्मा लगाएको भण्टाबारीको सीमा नाकामा अवस्थित सूचना केन्द्रका कर्मचारी प्रल्हाद आलमले जानकारी दिए ।

सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको बताए । पीडित पक्षले दिएको उजुरीको आधारमा प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया