काठमाडौँ, १४ पुष २०८१ । एउटै सिजनको १३ दिनभित्र तीनपटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ सीएनएनको ‘द एक्सट्रिम एथ्लेस्ट हु पुस्ड लिमिट इन २०२४’ को सूचीमा परेकी छिन् । सीएनएनले आइतबार सार्वजनिक गरेका ८ जनाको सूचीमा श्रेष्ठ परेकी हुन् ।
फोटो पत्रकार समेत रहेकी नेपाली आरोही श्रेष्ठले मे १२, मे १९ र मे २५ मा आरोहण गरेकी थिइन् । “मेरो शरीर निल्यो। मलाई मूर्ख केटी जस्तो लाग्यो। मलाई अक्सर यो महत्त्वाकाङ्क्षा त्याग्न मन लाग्थ्यो,’ उसीएनएन स्पोर्टलाई श्रेष्ठले भनेकी छिन्, ‘हिमाल उक्लनु शरीरको कमजोरी र लागतको कारण चुनौतीपूर्ण थियो र तर मैले सपना देखेँ र सफल भएँ। मैले मेरो सपनामा जोड दिएँ। मेरो सपनामा ध्यान केन्द्रित गर्नु सबैभन्दा कठिन कुरा थियो।’
उनी सातौँ अग्लो हिमाल धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् । उनले २०२१ मा उक्त हिमाल आरोहण गरेकी थिइन् ।