Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

११, पुष २०८१ । भोजपुरमा स्कोरपियो दुर्घटना हुँदा झापा गौरादहका एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । आज बिहान ७।३० बजे भोजपुर नगरपालिका वडा नं.५ बोखिममा प्र. १–०२–००२ च।६९२३ नम्बरको स्कोरपियो अनियन्त्रित भई सडकदेखि करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा झापा गौरादह नगरपालिका-७ का ६५ वर्षीय झंकबहादुर घलेको मृत्यु भएको हो । टाउकोमा चोट लागेका घलेलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

घाइते हुनेहरुमा इलाम जिल्ला बसोवास गर्ने ३ वर्षीय निगेल राई (टाउकोमा चोट लागेको), भोजपुर-५ बोखिम बस्ने ३५ वर्षीय लाक्पादिकी शेर्पा (हात र खुट्टामा चोट लागेको) सोही ठाउँ बस्ने ४० वर्षीया जानुका राई (कम्मर नचल्ने भएको), धरान उपमहानरपालिका-८ बस्ने ४० वर्षीय सुदिप लिम्बू (हात र खुट्टामा चोट लागेको), मृतक घलेकी श्रीमती ५८ वर्षीया देबीकला घले (टाउकोमा चोट लागेको) ,भोजपुर बोखिम बस्ने ४१ वर्षीय रामकुमार राई (छातीमा चोट लागेको),धरान बस्ने ३८ वर्षीय इहाङ सुब्बा (हात र खुट्टामा चोट लागेको)इलाम जिल्ला बस्ने ४२ वर्षीय नवीनकुमार राई (खुट्टामा चोट लागेको) र इलाम माङ्सेबुङ्ग ६ बस्ने ३३ वर्षीया मेनुका घले (टाउकोमा चोट लागेको) घाइते भएका छन् ।

घाइतेमध्ये गंभीर अबस्थामा निगेल राई , लाक्पादिकी शेर्पा , इहाङ सुब्बा,रामकुमार राई र मेनुका घलेलाई हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया