Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

झापा, १० पुष २०८१ । राष्ट्रिय प्रजातन्त्र पार्टीको विभिन्न जिम्मेवारीमा रहेका झापा गौरादहका २८ जना कार्यकर्ताले पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

जिल्ला , क्षेत्र , नगर , वडा र टोल समितिमा रहेका कार्यकर्ताहरुले सामूहिक रुपमा जिम्मेवारी परित्याग गरेका हुन् । पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदै एक अर्काप्रति दोषारोपण मात्र गर्ने गरेको भन्दै उनीहरुले आफूहरु पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । संगठनलाई चुस्त दुरुस्त बनाउन बारम्बार सल्लाह सुझाव दिँदा पनि नेतृत्व पक्षले पहलकदमी नगरेको उनीहरुको आरोप छ ।

जिम्मेवारी परित्याग गर्नेहरुमा श्री तामाङ जिल्ला समिति सदस्य,युवराज चुँडाल जिल्ला सदस्य,खेमराज तिम्सिना क्षेत्र नं. ५ क्षेत्रीय उपाध्यक्ष ,देवेन्द्र खड्का क्षेत्र नं. ५ क्षेत्रीय सचिव,मित्रबहादुर वस्नेत,प्रदेश समिति सदस्य ,क्षेत्र नं.५ क ,भुपेन्द्र रोक्का,गौरादह नगर सचिव,नरेश तुम्वाम्फो,गौरादह नगर उपाध्यक्ष,पूर्णवहादुर श्रेष्ठ नगर सदस्य,बेङ्गुलाल ताजपुरिया,नगर सदस्य,समीर बस्नेत गौरादह न. पा. १ नं. वडा अध्यक्ष,शिवशंकर दाहाल,२ नं. वडा सचिव,हरिकुमार सुब्बा ,३ नं. वडा समिति उपाध्यक्ष ,ज्ञानबहादुर कटुवाल,४ नं. पूर्व वडाध्यक्ष,नगर सदस्य ,भोला नेपाल २ नं. पूर्व वडा अध्यक्ष,टेकलाल राजवंशी ६ नं. वडा अध्यक्ष,टेकप्रसाद अधिकारी ७ नं. वडा अध्यक्ष रहेका छन् ।

त्यस्तै कृष्ण बस्नेत ९ नं. वडा सचिव,लक्ष्मी भण्डारी ६ नं. वडा सदस्य,खेमप्रसाद पाण्डे ७ नं. वडा समिति उपाध्यक्ष ,गणेशबहादुर दाहाल ७ नं. टोल समिति अध्यक्ष,भिमबहादुर श्रेष्ठ ६ नं. वडा सदस्य ,चन्द्रजंग कार्की ३ नं. नगर सदस्य (पूर्व वडाध्यक्ष उम्मेदवार),कुमार कटुवाल ७ नं. वडा समिति सचिव,बद्री संग्रौला ७ नं. टोल समिति सचिव,जुना रोक्का ७ नं. वडा उपाध्यक्ष ,नेत्रबहादुर दाहाल ७ नं. वडा सचिव ,कुमार कटुवाल वडा नं. ७ सदस्य र ज्ञानेन्द्र शिवा ७ नं. वडा सदस्यले पनि आ–आफ्ना जिम्मेवारी परित्याग गरेका छन् ।

यो घोषणाले जिल्ला र क्षेत्रीय समितिमा असर पुगेको छ भने गौरादहको नगर , वडा र टोल समितिहरु लगभग रित्तिएका छन् । कोशी प्रदेश सरकारका सभामुख तथा पार्टीका पूर्व जिल्ला अध्यक्ष अम्बरबहादुर विष्टको बसोबास भएको नगरपालिका गौरादह हो । त्यस क्षेत्रमा राप्रपा चौथो शक्तिको रुपमा रहँदै आएको छ । गत २०७९ सालको स्थानीय निर्वाचनमा गौरादहको मेयरका उम्मेदवार गोपालप्रसाद पौड्यालले १५९० र उपमेयरका उम्मेद्वार भरिपूर्ण राईले १६२४ मत ल्याएका थिए ।

 

तपाईको प्रतिक्रिया