काठमाडौं, १ पुष २०८१ । विभिन्न कार्यक्रम गरी सोमबार सातौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको बसन्तपुरमा विभिन्न कार्यक्रम गरि राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ ।
०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए।
प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवसका साथै राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।