जेबि खड्का
गौरादह, २८ मंसिर २०८१ । लावण्य ईन्टरनेशनल द्वारा गौरादहमा संचालित प्रारम्भिक बाल बिकास कक्षा सुधार कार्यक्रम अन्तर्गत अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमकि प्रमुख अतिथि गौरादह नगरपालिका उपमेयर जलबर्षा राजवंशी चौधरीले कार्यक्रमको उद्घाटन गरेकी थिइन।
पुर्ब प्रा.बि मा अध्यनरत बिद्यार्थीहरुलाई बाल मैत्री शिक्षा हासिल गराउन अभिभावकको महत्त्वपूर्ण भुमिका रहने भएकाले अभिभावकलाई प्रशिक्षण दिएको लावण्य ईनटरनेशनलका निर्देशक मनोज पण्डितले जानकारी गराएका छन। बिद्यार्थी बिद्यालयमा भन्दा अभिभावकहरु सँग बढी समय रहने भएको र अभिभावक नै पहिलो पाठशाला भएकाले अभिभावकलाई अभिमुखिकरण गरिएको लावण्यका निर्देशक पण्डितले बताएका छन। त्यस अवसरमा शिक्षक, बिद्यार्थी र संस्थाका स्रोतव्यक्ती मिलेर बाल कक्षाका बिद्यार्थीलाई शिक्षणका लागि बनाएका शैक्षिक सामग्री प्रदर्शन गरिएको थियो।
नेपाल सरकारले पुर्ब प्राबिका लागि निर्धारण गरेको पाठयक्रमलाई पुर्ण रुपमा पालना गर्न संस्थाले सहयोग गरेको संस्थाकि स्रोतब्यक्ती त्रीस्णा शाहीले जानकारी गराईन। गौरादह नगरपालिका भित्र रहेका प्रगति मा.बि., स्कुलचौन मा.बि. अमर मा.बि. ,सहिद निशुल्क आधारभूत बिद्यालय, सिद्धीदाता आधारभूत बिद्यालय सहित ५ वटा बिद्यालयमा संस्थाकि स्रोतब्यक्ती शाहीले बिद्यालयमा गएर २०८१ बैशाख देखि सहजिकरण गरेकी थिईन।
गौरादह नगर शिक्षा शाखा प्रमुख बिदुर आचार्यले बालबालिकाको भबिस्य उज्ज्वल बनाउन शिक्षकका साथै अभिभावकको पनि महत्त्वपूर्ण जिम्मेवारी रहने बताएका थिए। बाल बालिकाहरुमा शैक्षिक सुधारका लागि कुनै दुबिधा भएमा शिक्षा शाखा सँग सम्पर्क गर्न अभिभावकहरुलाई जानकारी गराएका छन। प्रगति मा.बि. बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष महाबिर राजवंशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा गौरादह नगरपालिका वडा नं.८ का वडाध्यक्ष गणेश कुमार राजवंशीले शुभकामना मन्तब्य राखेका थिए। प्रगति मा.बि. गौरादह-८ का नि.प्र.अ. बिष्णु प्रसाद लुइँटेलले स्वागत मन्तब्य राखेको कार्यक्रममा स्कुलचौन मा.बि. गौरादह-५ कि शिक्षक बिबिता रिजालले कार्यक्रम संचालन गरेकी थिईन।