काठमाडौं, २६ मंसिर २०८१ । नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ को विन्दुमा कायम भएको हो । आज ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता सेयर ५ अर्ब ५ करोड लाख ५४ हजार ४५० रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन मंगलबार ४ अर्ब बढीको सेयर कारोबार भएको थियो।
सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने ०.३४ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह सबैभन्दा बढी ३.४३ प्रतिशतले बढेको छ । विकास बैंक १.६३, वित्त १.८३,होटल तथा पर्यटन १.०५, जलविद्युत् १.९६ र लगानी समूह ०.७९ प्रतिशतले बढेको छ ।
यसैगरी जीवन बिमा समूह १.०७,उत्पादन तथा प्रशोधन ०.६०, लघुवित्त ०.४२, निर्जीवन बिमा १.०३,व्यापार १.५६ र अन्य समूह ०.५७ प्रतिशतले बढेको हो । न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशत रहेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३६ करोड १५ लाख २ हजार ४४३ मूल्य बराबरको शेयर खरिदबिक्री भए।
रिभर फल्स पावरको २० करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट ११ करोड,जोशी हाइड्रोपावरको ९ करोड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको ८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये २१२ स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। बाँकी ३ स्टक्सको मूल्य भने स्थिर रह्यो।