Online Bichar
बिहिबार, पौष ११, २०८१ | Thursday, December 26, 2024

काठमाडौँ, २६ मंसिर २०८१ । नेपालमा सन् २०२४ मा सबैभन्दा बढी डेंगु कास्की जिल्लामा भेटिएको छ । देशभर ३४ हजार ३८५ जनामा देखिएको डेंगु सङ्क्रमितमध्ये कास्कीमा मात्रै २२.३ प्रतिशत अर्थात ७ हजार ६६७ जनालाई सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ ।

इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार त्यसपछि काठमाडौँ जिल्लामा बढी डेंगु सङ्क्रमित सङ्ख्या देखिएको छ । यहाँ ५ हजार ९१९ जनालाई डेंगु सङ्क्रमण देखिएको हो । जहाँ अवातजावत गर्ने सङ्ख्या बढी हुन्छ, त्यहाँ सङ्क्रमण बढी हुने चिकित्सक बताउँछन् ।

कास्की र काठमाडौँ जिल्ला बढी मानिसको अवातजवात हुने क्षेत्र हो । डेंगु सङ्क्रमणका कारणले १३ जनाको मृत्यु भएको छ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

 

तपाईको प्रतिक्रिया