Online Bichar
आइतबार, पौष ०७, २०८१ | Sunday, December 22, 2024

काठ्माडौं, २५ मंसिर २०८१ । त्रिभुवन विश्वविद्यालयले डीन र क्याम्पस प्रमुखको नियुक्तिमा ढिलाइ गरेको छ । विभिन्न ८ वटा संकायका डीन र १४ वटा क्याम्पसका क्याम्पस प्रमुखको नियुक्तिमा ढिलाइ गरेको हो ।

पदाधिकारीहरूबिच भागबन्डा नमिल्दा नियुक्तिमा ढिलाइ भइरहेको आरोप लागेको छ । तर त्रिविका पदाधिकारीहरूले भागबन्डाको आरोप झुटा भएको बताउँदै आएका छन् । भागबन्डाका कारण नियुक्तिमा ढिलाइ भएको आरोप लागिरहेका बेला त्रिविले भने मंसिर २७ गते तोकिएको नीति अधिवेशनपछि मात्रै हुने प्रस्ट पारेको छ ।

त्रिवि प्रवक्ता तथा त्रिवि कार्यकारी परिषद्को सचिवालयका प्रमुख एमान सिंह बोहराले नीति अधिवेशनपछि मात्रै नियुक्ति हुने बताए । बाहिर हल्ला आएजस्तो पदाधिकारीहरूबिच कुनै खालको विवाद नभएको उनको भनाइ छ ।

उपकुलपति प्राडा केशरजंग बराल र अन्य पदाधिकारीहरूबिच भागबन्डा नमिल्दा डीन र क्याम्पस प्रमुखको नियुक्ति हुन नसकेको कुरा बाहिरिएको छ । जसले गर्दा अहिले प्रमुख सत्तारूढ दल नेकपा एमाले र माओवादी केन्द्रका नेताहरू आमनेसामने भएका छन् ।

उपकुलपतिले भागबन्डा मिलाउन नियुक्ति गर्न ढिलाइ गरिरहेको एमाले नेताहरूले आरोप लगाएका छन् । तर, माओवादी नेताहरूले भने उपकुलपति बरालको बचाउ गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया