Online Bichar
बिहिबार, मंसिर २०, २०८१ | Thursday, December 5, 2024

काठमाडौं, १९ मंसिर २०८१ । अमेरिकामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि नयाँ भिसा आवेदन सन् २०२५ अप्रिलदेखि खुल्‍ने भएको छ ।

अमेरिकी दूतावास काठमाडौंले सन् २०२५को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जानकारी दिएको हो ।

दूतावासले सामाजिक सञ्‍जालमार्फत सूचना जारी गर्दै आफ्नो स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिलसमेत गरेको छ ।

सूचना अनुसार अप्रिल महिना २०२५ का आवेदन २२ जनवरी बिहान ८ बजे खुल्नेछ भने मे २०२५ का आवेदन १३ मार्च बिहान ८ बजे खुल्नेछ जनाइएको छ ।

यस्तै जुन २०२५ का आवेदन १७ अप्रिल बिहान ८ बजे खुल्नेछ भने जुलाई २०२५ का आवेदन १५ मे बिहान ८ बजे खुल्ने दूतावाले सूचनामा उल्लेख गरेको छ ।

विद्यार्थीले भिसा प्रक्रिया सम्बन्धी थप जान्नका लागि https://np.usembassy.gov/visas/ लिंकमा गएर हेर्न सक्‍ने दूतावासले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया