Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

काठमाडौं, १० मंसिर २०८१ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ विन्दुमा पुगेको हो।

अघिल्लो कारोबार दिन नेप्से परिसूचक १३ अंकले बढेर २६६७.४० विन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब ७२ करोड बराबरको सेयर कारोबार भएको थियो।

यसदिन ३०९ स्क्रिप्सको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५९७ रुपैयाँमा खरिदबिक्री भए। सो कारोबार रकम आइतबारको तुलनामा कम हो।

नेप्से दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। बेस्ट फाइनान्स,सुपर मादी हाइड्रोपावर,कर्पोरेट डेभलपमेन्ट बैंक,स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्टको सेयर ९ प्रतिशत बढिले वृद्धि भएको छ।

यसदिन नगदी ग्रुपका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधार नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५४ करोड बढीको सेयर कारोबार भयो।

यसैगरी बेस्ट फाइनान्सको २५ करोड,नेपाल फाइनान्सको २० करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १५करोड र हाथवे इन्भेस्टमेन्टको १५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

दुईवटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। मनु एण्ड प्रो र म्युचुअल फण्डको समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका हुन्।

यसदिन कारोबारमा आएकामध्ये १६९ स्टक्सको मूल्य बढ्दा ६७ वटाको घट्यो। बाँकी ९ स्टक्सको मूल्य भने आज स्थिर रह्यो।

 

तपाईको प्रतिक्रिया