Online Bichar
शुक्रबार, माघ १८, २०८१ | Friday, January 31, 2025

एजेन्सी, ६ मंसिर २०८१ । भारतीय रेलवेले आफ्ना रेलसेवालाई विकास र विस्तार गर्दै लगेको छ। यात्रुहरूको सुविधाको लागि भारत एक्सप्रेस रेल अब हाइड्रोजनबाट चल्ने भएको छ।

भारतीय रेलवेको विकासको बारेमा कुरा गर्ने हो भने पहिला यहाँका सबै रेलहरु स्टीम इन्जिनहरूबाट सुरु भयो र त्यसपछि कोइलाबाट चल्ने भए। त्यसपछि रेल इन्जिनहरू जीवाश्म ईन्धन (डिजेल) बाट चल्ने बनाइएको थियो जसले धेरै प्रदूषण गर्ने गर्दछ।

पछिल्ला समयका आधुनिक रेलहरु आधुनिक रेलहरू बिजुलीमा चल्छन् जुन कोइला जलाएर पनि उत्पादन गरिन्छ। यी प्रगतिहरूको बीचमा, भारतमा अब पानीबाट चल्ने रेल सञ्चालनमा ल्याउने भएको छ।

देशमा यो नै पहिलोपटक पानीमा रेल चल्ने भएको छ। यो उन्नत हाइड्रोजन इन्धन प्रविधिमार्फत हासिल गरिनेछ। हाइड्रोजन रेलको पाइलट प्रोजेक्ट छिट्टै सुरु हुनेछ। यस रेललाई प्रतिघण्टा लगभग ४० हजार लिटर पानी चाहिन्छ, र यो सञ्चालनलाई समर्थन गर्न विशेष पानी भण्डारण सुविधाहरू निर्माण गरिनेछ।

हाइड्रोजन रेलको पायलट प्रोजेक्ट डिसेम्बर २०२४ मा सुरु हुने बताइएको छ।

 

तपाईको प्रतिक्रिया