Online Bichar
मंगलबार, मंसिर १८, २०८१ | Tuesday, December 3, 2024

एजेन्सी, ६ मंसिर २०८१ । भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदुषणका कारण विद्यालयहरु बन्द गरिएको छ। विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन शुरु गरिएको हो। केही दिनदेखि शहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ।

शहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन्। शहरका दुई ठूला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन्।

तपाईको प्रतिक्रिया