Online Bichar
मंगलबार, मंसिर १८, २०८१ | Tuesday, December 3, 2024

काठमाडौं, ६ मंसिर २०८१ । स्थानीय बजारमा सुनको मूल्य फेरि निरन्तर उकालो लागिरहेको छ। आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार प्रतितोलामा ९०० रुपैयाँले बढेको थियो। त्यसअघि मंगलबार तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया