Online Bichar
बिहिबार, मंसिर ०६, २०८१ | Thursday, November 21, 2024

एजेन्सी, २७ कार्तिक २०८१ । चीनको एक रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरूको भीडमा कार जोतिँदा ३५ जनाको मृत्यु भएको छ।

झुहाईमा रहेको एक रंगाशाला बाहिर भएको उक्त दुर्घटनामा ४३ जना घाइते भएका छन्। एक ६२ वर्षीय पुरुषले उक्त कार मानिसहरूको भीडमा कुदाउँदा दुर्घटना भएको चिनिया सञ्चारमाध्यमहरूले जनाएका छन्।

घाइते हुनेमा ठूलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन्। कार चलाउने ती पुरुषले भाग्ने प्रयास गरे पनि प्रहरीले तत्काल नियन्त्रणमा लिएको जनाएको छ।

तर, प्रहरीले भने कार चालक अचेत अवस्थामा रहेको जनाएको छ। चीनमा हुन लागेको नागरिक तथा सैनिक हवाई प्रदर्शनीका लागि रहेको कडा सुरक्षा घेराकाबीच भएको दुर्घटनालाई गम्भीर रुपमा लिइइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा कार चालकले सम्बन्धविच्छेदपछि सम्पत्ति बाँडफाँटमा चित्त नबुझेपछि मानिसको भीडमा गाडी कुदाएको हुन सक्ने प्रहरीले जनाएको छ।

तर कार चालक हाल कोमामा रहेकाले उनले प्रहरीको प्रश्नको जवाफ दिन सकेका छैनन्।

 

तपाईको प्रतिक्रिया