Online Bichar
बिहिबार, मंसिर ०६, २०८१ | Thursday, November 21, 2024

काठमाडौं, २७ कार्तिक २०८१ । लगातार दुई दिनसम्म बढेको नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा अडिएको छ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। आज ७ अर्ब ८५ करोडभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ। यसदिन ३१२ स्टकको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँमा खरिदबिक्री भयो।

आज फाइनान्स समूहमा आकर्षण देखिएको छ। यस समूह धेरै १।१२ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा गुडविल फाइनान्स सबैभन्दा अघि छ। सो कम्पनीको २९ करोड २८ लाखको सेयर कारोबार भयो। यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः बेस्ट फाइनान्स र आँखुखोला जलुवित्त परेका छन्।

तपाईको प्रतिक्रिया