Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

काठमाडौं, २७ कार्तिक २०८१ । एन्टिबायोटिक्स (प्रतिजैविक) औषधिको दुरुपयोगले मृत्युको जोखिम बढ्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूसुचित गराएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै एन्टिबायोटिक्स औषधिको दुरुपयोगले मृत्युको जोखिम बढ्ने जनाएको हो ।

मन्त्रालयका अनुसार एन्टिबायोटिक्स औषधि सूक्ष्म जीवहरूलाई नाश गर्ने वा फैलिने क्रमलाई सुस्त पार्छ । प्रतिजैविक औषधिहरू विभिन्न आकार, प्रकार वा बनावटमा पाइन्छ । जस्तै स् ट्याब्लेट, क्याप्सुल, सिरप, सस्पेंसन (झोल), इन्जेक्सनमा उपलब्ध हुन्छन् । प्रतिजैविक औषधिहरू जुन किटाणु समूह विरुद्ध प्रयोग हुन्छ त्यही अनुसार नाम पनि फरक–फरक छन् ।

मन्त्रालयका अनुसार जीवाणु विरुद्ध काम गर्ने औषधिलाई एन्टीबायोटिक वा व्याकटेरिअल भनिन्छ । यस्तै, भाइरस विरुद्ध काम गर्ने एन्टीभाईरल औषधि, परजीवी विरुद्ध काम गर्ने औषधि एन्टीपारासाईट भनेर बुझिन्छ । यस्तै, ढुसी विरुद्ध काम गर्ने औषधिलाई एन्टीफंगल भन्ने गरिन्छ । यिनै औषधिहरूको आवश्यक भन्दा बढी, चिकित्सकको सल्लाह विनै प्रयोग गर्दा यी सङ्क्रमण गर्ने जीवाणु बलियो भई औषधिको प्रभावकारी नहुने समस्या देखा पर्न थाल्छ ।

बर्सेनि विश्वमा प्रतिजैविक प्रतिरोध (एन्टी माइक्रोबियल रेजिस्टेन्स) को बारेमा सचेतना वृद्धि गर्दै रेजिस्टेन्स नियन्त्रणको लागि १८ देखि २४ तारिख सम्म यो सप्ताह मनाइन्छ । यो वर्ष ‘बुझौँ, बुझाऔँ आजैबाट रोकथाममा जुटौँ’ भन्ने नाराका साथ मनाइने छ ।

 

तपाईको प्रतिक्रिया