काठमाडौँ, २६ कार्तिक २०८१ । सिभिल अस्पतालमा कार्यरत एक जना डाक्टर यौन दुर्व्यवहारको कसुरमा पक्राउ परेका छन्।
सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
कात्तिक पहिलो साता अस्पतालमा डाक्टरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै महिला सहकर्मीले प्रहरीकहाँ जाहेरी दिएकी थिइन्।
खाली समयमा ती डाक्टरले कोही नभएको बेला आफूमाथि यौन दुर्व्यवहार गरेको पीडित महिलाको भनाइ छ।
उक्त जाहेरी प्रहरी वृत्त बानेश्वरमा परेसँगै प्रहरीले कात्तिक १९ गते पक्राउ गरेको थियो।
प्रहरीले उनलाई हिरासतमा राखेर यौन दुर्व्यवहारको कसुरमा अनुसन्धान गरिरहेको बताएको छ।