Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

काठ्माडौं, ७ कार्तिक २०८१ । बिपी राजमार्गको धुलिखेलदेखि भकुन्डेबेसीसम्म आजदेखि चौबिसै घण्टा सवारी साधन चलाउन पाइने भएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै आजदेखि चौबिसै घण्टा धुलिखेल-भकुण्डेबेसी सडकखण्डमा सवारी साधन चलाउन पाइने बताएको हो।

असोज १० देखि १२ गतेसम्मको बाढीपहिरोका कारण बिपी राजमार्गमा अवरोध आएकाले असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन बन्द गरिएको थियो। आजदेखि सोही अवधिमा पनि सवारी साधन चलाउन पाउने सडक डिभिजन भक्तपुरका सूचना अधिकारी इन्जिनियर सुमनराज बस्नेतले जानकारी दिए।

‘बिपी राजमार्गमा सबै अवरोध हटेका छैनन्, त्यसैले अहिले भकुन्डेबेसीसम्म खुलेका हौं, विस्तारै बढाउँदै लैजान्छौं,’उनले भने ।

बिपी राजमार्गमा सुख्खा पहिरोले अवरोधहरू अझै पूर्ण रूपमा नहटेको उनले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया