Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

झापा, ७ कार्तिक २०८१ । झापाको बाह्रदशी– ६ बिहीबारे बजारमा श्रीमतीले श्रीमानलाई कट्टी प्रहार गरी सख्त घाइते बनाएकी छन् । आज बिहान सवा १० बजे ३९ वर्षीया विद्यादेवी आङ्वोले कट्टी प्रहार गरी ३६ वर्षीय श्रीमान ज्ञानेन्द्र लिम्बूलाई घाइते बनाएकी हुन् ।

घरायसी विवादमा विद्यादेवीले कट्टी हानेको बताइएको छ । हतियार प्रहारबाट टाउकोमा चोट लागेका घाइते ज्ञानेन्द्रलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । श्रीमानलाई कट्टी हान्ने विद्यादेवीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी प्रकाश विष्टले बताए ।

 

तपाईको प्रतिक्रिया