Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

झापा, ७ कार्तिक २०८१ । झापामा रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ । दुई जनाको मृत्यु पश्चात् घटनास्थल तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले बसका चालकलाई नल्याउजेलसम्म सडकबाट शव उठाउन नदिने अडानमा छ । उनीहरूले राजमार्ग समेत अवरुद्ध पारेका छन् ।

पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले बुधबार साँझ कमल गाउँपालिका-३ स्थित केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको नाम र थर भने खुलेको छैन ।

भीडले ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको बताइएको छ । आक्रोशितहरूले प्रहरी चौकी केर्खामा ढुंगामुढा समेत गरिरहेका छन् । अहिले घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनको लामबद्ध लाइन लागेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया