Online Bichar
बिहिबार, मंसिर ०६, २०८१ | Thursday, November 21, 2024

बिर्तामोड, ६ कार्तिक २०८१ । बिर्तामोडस्थित कृषि थोक बजारमा विक्रीका लागि ल्याइएको गोलभेँडा (टमाटर) मा अत्यधिक विषादी भएको पुष्टि भएको छ । इलामबाट आयात गरिएको गोलभेँडामा विषादीको मात्रा उच्च भएपछि उपभोग अयोग्य भएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।

कृषि थोकका व्यवसायी मनिष शाहले आयात गरेको गोलभेँडामा ५६.८२१५ अर्गानो फस्फेट देखिएको प्रयोगशालाले जनाएको छ । विषादी परीक्षणमा ४५ भन्दा माथि देखिएमा डिस्पोज गर्ने गरिन्छ । ३ क्यारेट टमाटरमा विषादीको मात्रा अत्यधिक देखिएपछि डिस्पोजको तयारी गरिएको बताइएको छ । यसअघि दानावारिबाट आयात गरिएको काँचो केरामा पनि अत्यधिक विषादीको मात्रा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया