Online Bichar
मंगलबार, कार्तिक ०६, २०८१ | Tuesday, October 22, 2024

काठमाडौं, ६ कार्तिक २०८१ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्यांकअनुसार हुम्लाबाहेक ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको हो।

ईडिसिडीको तथ्यांकअनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३ हजार ५९४, कास्कीमा ३ हजार १८८,तनहुँमा २ हजार २९५,पर्वतमा १ हजार ५८८,चितवनमा १ हजार २९,ललितपुरमा ९६८, बागलुङमा ८२१,गोरखामा ७७२,भक्तपुरमा ६२४,कैलालीमा ४०८ जनामा डेंगु संक्रमण भएको ईडिसिडीको तथ्यांकमा उल्लेख छ।

यसैगरी प्रदेशअन्तर्गत गण्डकीमा ९ हजार ५३१,बागमतीमा ७ हजार ७६८,कोशीमा १ हजार ६४६,लुम्बिनीमा १ हजार ३४८, सुदूरपश्चिममा १ हजार ६५ जनामा संक्रमण देखिएको छ। कर्णालीमा ३०० र मधेश प्रदेशमा ४२४ जनामा डेंगु संक्रमण भएको रोग नियन्त्रण महाशाखाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया