Online Bichar
मंगलबार, कार्तिक ०६, २०८१ | Tuesday, October 22, 2024

काठमाडौं, ४ कार्तिक २०८१ । शिक्षक सेवा आयोगले कार्त्तिक १० गते माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा लिने भएको छ। आयोगले उक्त परीक्षाका लागि परीक्षार्थीको रोल नम्बरसहित परीक्षा केन्द्र सार्वजनिक गरिसकेको छ।

आयोगका अनुसार माध्यमिक तह अध्ययन अनुमति पत्रका लागि ४४ हजार बढी परीक्षार्थी सहभागी हुँदैछन्। जसअनुसार कोशी प्रदेशबाट ६ हजार ९ सय ७४ जना परीक्षार्थी रहेका छन्। परीक्षा केन्द्र मोरङ तोकिएको छ।

मधेश प्रदेशबाट ७ हजार २ सय २२ जना रहेको र परीक्षा केन्द्र धनुषा तोकिएको छ। यसैगरी बागमती प्रदेशबाट ५ हजार परीक्षार्थीहरूले परीक्षा दिँदैछन्। परीक्षा केन्द्र मकवानपुर रहेको छ।

बागमती प्रदेशबाट ५ हजार १२५ जना परीक्षार्थी रहेका छन्। परीक्षा केन्द्र ललितपुर तोकिएको छ। आयोगका अनुसार गण्डकी प्रदेशमा परीक्षा केन्द्र कास्की तोकिएको छ भने त्यहाँबाट ३ हजार १०० जनाले परीक्षा दिँदैछन्।

लुम्बिनी प्रदेशमा दाङ परीक्षा केन्द्रबाट ६ हजार ८०२ जना परीक्षार्थीहरू परीक्षा दिँदैछन्। कर्णाली प्रदेशबाट ४ हजार ३१२ जना परीक्षा रहेका छन्। परीक्षा केन्द्र सुर्खेत तोकिएको छ।

सुदूरपश्चिम प्रदेशबाट ५ हजार ९७५ जना परीक्षार्थी रहेका छन्। परीक्षा केन्द्र कैलाली तोकिएको छ। आयोगका अनुसार परीक्षा दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया