Online Bichar
शनिबार, पौष ०६, २०८१ | Saturday, December 21, 2024

विराटनगर, १७ असोज २०८१ । दुई नाबालक छोरीको हत्या आरोपमा पक्राउ परेकी महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की) जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मंगलबार अस्मितालाई थुनामा पठाउन आदेश भएको हो । विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको आरोपमा प्रहरीले १९ भदौमा उनलाई झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो ।

निर्माणाधीन घरमा पानी नलगाएको विषयमा श्रीमान अर्जुन कार्कीसँग विवाद भएपछि १४ भदौमा छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीलाई लिएर उनी घरबाट हिडेकी थिइन् ।

भोलिपल्ट सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा दुई छोरी मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानका क्रममा विष खुवाएर उनीहरुको हत्या गरेको देखिएको थियो ।

 

तपाईको प्रतिक्रिया