Online Bichar
सोमबार, आश्विन ०७, २०८१ | Monday, September 23, 2024

बैतडी, ६ असोज २०८१ । बैतडीमा भूकम्पको धक्का महसुस भएको छ। जिल्लाको सिगास गाउँपालिकाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

भूकम्प मापन सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा उक्त ठाउँ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पछिल्लो समय नेपालको पश्चिम क्षेत्रमा भूकम्प गइरहेको छ।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो।

तपाईको प्रतिक्रिया