Online Bichar
शनिबार, आश्विन ०५, २०८१ | Saturday, September 21, 2024

काठमाडौँ, ५ असोज २०८१ । दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले घटस्थापनाभन्दा एक साता अघि अग्रिम टिकट बुकिङ खुला गरिने बताए ।

‘घटस्थापनाभन्दा एक साता अघि टिकट खुलाउने तयारी छ । अहिले बाटो मर्मत सडक सुरक्षाका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र गृहमन्त्रालयमा छलफल गरिरहेका छौँ । तत्काल टिकट खुलाउनका लागि सहज छैन । सडक थुप्रै स्थानमा मर्मत गर्नुपर्ने छ,’ उनले भने, सडकहरू मर्मतको काम सकिएपछि अग्रिम टिकट बुकिङ खुला गछौँ ।’

यसका साथै चाडपर्वमा यात्रा सहज बनाउन राजमार्गका विभिन्न स्थानमा हेल्प डेस्क राखिने विषयमा समेत छलफल भइरहेको अध्यक्ष स्वाँरले बताए ।

 

तपाईको प्रतिक्रिया